Friday, July 17

माओवादी धादिङका यी नेता मध्ये, कस्ले पाउलान टिकट

नेपालअखबार, धादिङ । आगामी मंसिर ४ गते एकै चरणमा संघ र प्रदेश सांसदको लागि निर्वाचन हुँदैछ । जनयुद्ध लडेर आएको माओवादी पार्टी सँग जनताले विकास र परिवर्तनको ठुलो अपेक्षा गर्दै आएका छन् । माओवादीको एजेण्डाहरु संघीय गणतन्त्र, धर्मनिरपेक्षा, समानुपातिक निर्वाचन प्रणाली, जातजाती भाषा भाषीको अधिकार सुनिश्चितता, वर्गिय मुक्तिका सवालहरु समेटिएको संविधान त लेखियो तर व्यवहार र दैनिक जनजिवनमा रुपान्तरण हुनसकिरहेको छैन ।

Advertisement

जनयुद्ध र जनआन्दोनको उपलब्धी रक्षाको लागि आगामी निर्वाचन माओवादीले जित्नु पर्ने प्रचण्डले उद्घोष गरि रहँदा धादिङबाट प्रदेश र संघीय निर्वाचनमा माओवादीले कस्लाई टिकट देला चासोको रुपमा हेरिएको छ । पुरानाले छाड्नु पर्ने र नयाँले टिकट पाउनुपर्ने माओवादी केन्द्र भित्र बहस सुरुभएको र गठबन्धन हुने पक्का भएकोले क-कस्ले टिकट पाउँछन् भने अहिले नै भन्न सकिने अवस्था भने छैन ।

Advertisement
Advertisement

स्रोतका अनुसार माओवादी धादिङबाट यस अघि सांसद बनी सकेका पुष्प विक्रम मल्ल, पूर्व मन्त्री कल्पना धमला, बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमट्टेल, प्रदेश सांसद जगत सिंखडा फेरि टिकट लिने दौडमा छन् भने नयाँ अनुहारहरु रामबहादुर भण्डारी, विजय बुर्लाकोटी, मनराज भण्डारी, दिपा सिंखडा, दिपक लामिछाने सुवोध र युवराज खतिवडा पनि पार्टीले टिकट दिए यो पटक चुनाव लड्ने तयारीमा छन् ।

Advertisement

स्रोत अनुसार बागमती प्रदेशका शालिकराम जमकट्टेल प्रदेश सांसदमा चुनाव लड्ने र मुख्यमन्त्री हुने आंकाक्षामा छन् भने पुष्प विक्रम मल्ल पनि आफ्नो जिवनको अन्तिम पटक सांसदका लागि प्रदेश वा संघ मध्य एउटा टिकट लिने दाउमा छन् । आफ्नो कार्यकालमा उत्तरी धादिङको विकासका लागि महत्वपूर्ण भुमिका र योगदान गरेका जगत सिंखडाले पनि अधुरा आफ्नो विकासका योजनाहरु सम्पन्न गर्नका लागि संघ वा प्रदेश मध्य एकको टिकट लिन चाहान्छन् यद्यपी उनले टिकटको लागी दावी भनेगरि सकेका छैनन् ।