Thursday, July 16

राष्ट्रिय सभाको बैठक बस्दै

नेपालअखबार, काठमाडाैं । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ।

Advertisement

आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ।

Advertisement
Advertisement

यस्तै राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १४९ बमोजिम विषयगत समितिमा रहने सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गर्नेछन्।

Advertisement

राष्ट्रिय सभाका विषयगत समितिका सभापतिको निर्वाचनको मिति र समय तोक्ने कार्यसूची रहेको छ।

बैठक दिउँसो १ बजे बस्नेछ।