Wednesday, July 15

ज्येष्ठ नागरिकसंग मनाउनु भयो मन्त्री बरालले आफ्नो जन्मदिन

नेपालअखबार, पोखरा  । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले ज्येष्ठ नागरिकहरुसंग भलाकुसारी गर्दै आफ्नो जन्मदिन मनाउनु भएको छ । पोखरा २५ स्थित हेमजामा रहेको मानव सेवा आश्रममा आश्रित ज्येष्ठ नागरिकहरुसंग सोमबार भेटघाट गर्दै मन्त्री बरालले आश्रमको पूर्वाधार विकासमा आवश्यक सहयोगको लागि प्रयास गर्ने बताउनु भयो ।

Advertisement

Advertisement
Advertisement

आश्रममा आश्रित १ सय ३ जना ज्येष्ठ नागरिक सहितका व्यक्तिहरुलाई विहानको खाना (२० हजार बराबरको) साथमा ३० हजार मुल्य बराबरको फ्रिज समेत गरी ५० हजार सहयोग गर्दै मन्त्री बरालले आफ्नो जन्म दिनको अवसरमा सानो सहयोग गरेको बताउनु भयो । विभिन्न कारणले गर्दा आश्रममा आश्रित हुन पुगेकाहरुको पालन पोषणामा लाग्नु नै ठुलो धर्म हुने मन्त्री बरालको भनाई थियो । हरेक छोरा छोरीहरुले आफ्नो बाबु आमा प्रतिको उत्तरदाहित्व बहन गर्न नसक्दा बृद्धाश्रम तथा यस्ता आश्रममा आउने व्यत्तिहरुको सङख्यामा बृद्धि भएको उहाँको भनाई थियो ।

Advertisement

तनहुँका ९५ बर्षीय जेष्ठ नागरिक रामनाथ खनालले मन्त्री बराल समक्ष अत्याधुनिक भवन सहित रुमको प्रबन्ध गर्न माग गर्नु भयो । उहाँले बढी उमेर भएकाहरुलाई र बढी कमजोर भएकाहरुलाई आश्रमले थप व्यबस्थापन गर्न कठिन भएकोले त्यसको प्रबन्ध गर्न मन्त्री बराल समक्ष आग्रह गर्नु भयो । मानव सेवा आश्रमको अवलोकन समेत गर्दै मन्त्री बरालले आफ्नो निर्वाचन क्षेत्रमा निर्माण भएको उक्त आश्रमले सडकमा आएका कतिपय नागरिकहरुको उद्धार भएको बताउनु भयो ।

उक्त आश्रमका संयोजक सदिस पुनले मन्त्री बराल सहितको टोलीलाई आश्रमको बारेमा जानकारी गराउदै तत्काल फ्रि आवश्यक भएको बताउनु भएको थियो । आश्रमका अभिभावक शोभा गौतमले विभिन्न सहयोगीको हातले गर्दा आश्रम संचालन हुदै आएको बताउनु भयो । मानव सेवा आश्रमको पोखरा स्थित छोरेपाटनमा भने ज्येष्ठ नागरिक महिलाहरुलाई व्यबस्थापन गरिएको आश्रमले जनाएको छ ।