गोरखामा बिभिन्न कार्यक्रम गरी ७० औं विश्व मानवअधिकार दिवश मनाइएको छ । दिवशको अवसरमा मानव अधिकार तथा शान्ति समाज गोरखाले जिल्ला प्रशासन चोकमा धर्ना दिएको छ । भारतले नेपालको सिमा मिचेको बिरोधमा समाजले धर्ना दिएको हो ।
नेपालको लिपुलेक, कालापानी, लिम्पिया धुरा लगायतका भुमी मिचेको विरोधमा धर्ना दिइएको समाजका केन्द्रिय अनुसन्धान संयोजक स्थानेश्वर दुवाडीले जानकारी दिए । धर्ना कार्यक्रममा मानव अधिकारकर्मी, सञ्चारकर्मी, नागरिक समाज लगायतको सहभागिता रहेको थियो ।
त्यस्तै नेपाल मानवअधिकार संगठन गोरखाले दिवशकै अवसरमा जिल्ला लगायत देशका समसामयिक बिषयहरुमा छलफल गरेको छ । बुढीगण्डकी आयोजना, सिमा विवाद, निर्मला पन्त बलत्कार घटना लगायतका बारेमा सरोकारवालाहरुका बिच अन्तरकृया सम्पनन गरेको हो ।
जिल्ला अध्यक्ष दिलबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रमुख जिला अधिकारी तुलसीराम पौडेलको प्रमुख आतिथ्यता रहेको संगठनकी सदस्य मन्दिरा बस्नेतले जानकारी दिइन ।

