Tuesday, April 21

पोखरा वडा कमिटि दुइको अध्यक्षमा जग्गु श्रेष्ठ चयन

नेपालअखबार, पाेखरा । नेकपा एस पोखरा वडा नम्बार दुईको भेला सम्पन्न भएको छ । प्रमुख अतिथि पार्टीका स्थायी कमिटि सदस्य चुणामणी जंगलीको आतिथ्यता सम्पन्न छ । प्रमुख अतिथि जंगलीले भने अब युवाहरुको सक्रियताले नै संगठन अघि बढ्दै छ साथै पार्टीमा युवाहरुले नै नेतृत्व लिन पर्ने बताए । मंसिर चार गतेको निवार्चनमा पार्टीको तर्फबाट युवाहरुले नै निर्वाचनमा भाग लिन पर्ने बताए ।
भेलाले पोखरा वडा नम्बार दुई कमिटिको अध्यक्ष .जग्गु श्रेष्ठ चयन भएका छन् । श्रेष्ठको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटिको पुनर्गठन गरिएको छ । उक्त भेलाको अध्यक्षता शोभाखर दाहालले गरेको थिए । कार्यक्रममा स्वागत मन्तव्य खगेन्द्र पराजुलीले गरेका थिए ।

Advertisement

प्रदेश कमिटि सदस्य युवा नेता विवेक भुजेलको विशेष पहलमा वडा कमेटिको भेला सम्पन्न भएको छ । कार्यक्रम संचालन भुजेल गरेका थिए । युवा नेता विवेक भुजेलको आफ्नो नेतृत्वमा हाल सम्म १२० जनालाई पार्टी प्रवेश गराएको बताए । नयाँ जिम्मेवारी प्राप्त गरेका सम्पुर्ण कमरेडहरुलाई हार्दिक बधाई तथा सफलताको शुभकामन दिएका थिए ।