Wednesday, July 15

एमाले आफ्नै खुट्टामा अल्झेर लड्यौं : सुवास नेम्वाङ

२८ साउन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले गएको स्थानीय चुनावमा अन्तर्घातकै कारण ६० सिट बढी गुमाएको बताएका छन् । एमालेले २०६ स्थानीय तह मात्रै जित्ने अवस्था बन्नुमा अन्तर्घात पनि कारण रहेको उनले बताए ।

Advertisement

‘हामीविरुद्ध अरु दलहरु एक छन् भने हामी एकजुट हुनुपर्ने होइन ?’ बानेश्वरमा आयोजित खोटाङ–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा नेम्वाङले भने, ‘२५०/३०० पार्टीको सदस्य छ, भोट भने २४ आउँछ । हामी आफ्नै खुट्टामा अल्झेको होइन ?’ नेम्वाङले आगामी चुनावमा त्यस्तो गल्ती हुन नहुने बताए ।तर पपुलर मतमा भने एमाले प्रमुख शक्ति बनेको उनले बताए । उपाध्यक्ष नेम्वाङले नेपाली कांग्रेस भने गठबन्धनबिना एमालेसँग आँखा जुधाएर हेर्न नसक्ने अवस्थामा रहेको टिप्पणी गरे ।पञ्चायत अन्त्यपछि कांग्रेस नेता कृष्णप्रसाद भट्टराईको भनाइ सम्झदै नेम्वाङले भने, ‘खुलामञ्चमा किसुनजीले भनेको सम्झछु, मलाई नै एक हजार सिटले पुग्दैन, यो कम्युनिष्टहरुलाई कहाँबाट ल्याएर सिट दिनु ?’एमालेले मिलेर जान गरेको प्रस्तावमा भट्टराईले कम्युनिष्टले १५ सिट जिते खसी काटेर खान भनेको पनि नेम्वाङले सम्झिए । ‘त्यो एक हजार सिटले नपुग्ने कांग्रेस अहिले पाँच दलीय गठबन्धन बिना एमालेसँग आँखामा आँखा जुधाउन सकिदैन भन्दैछ’, उनले भने ।

Advertisement
Advertisement

Advertisement