Saturday, April 18

आज उधौली तथा योमरी पुन्ही पर्व मनाइदै

आज (बिहीबार) किराँत समुदायले उधौली तथा नेवार समुदायले योमरी पुन्ही पर्व मनाउँदै छन्।
उधौली र योमरी पुन्हीको अवसरमा सरकारले सम्बन्धित पर्व मान्ने समुदायलाई मात्र बिदा दिएको छ।
आज किराँत समुदायले खेतबारीमा पाकेको अन्न आफ्नो इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने गर्छन्।
यो पर्वलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बुहरूले चासोक तङ्नाम नामले मनाउने प्रचलन छ।
त्यसैगरी नेवार समुदायले आज योमरी पूर्णिमा मनाउँदै छन्। चामलको पीठो, चाकु, कालो तिलको योमरी बनाएर आज साँझ यस वर्ष भित्र्याएको अन्न बाली, भकारी पूजा गर्ने चलन छ।
धानबाली थन्क्याएर काम सक्ने र नयाँ चामलका विभिन्न परिकार बनाई कुल तथा पितृलाई चढाएर खान सुरु गरिने भएकाले यस दिनलाई धान्यपूर्णिमा भनिएको हो।
सो दिन नेवारी समुदायमा नयाँ चामलको पिठोलाई माछाको जस्तो आकार बनाई चाकु, तिल, खुवा आदि राखेर पानीको बाफमा पकाई योमरी तयार पार्ने र कुल तथा पितृलाई चढाएर प्रसादको रूपमा सबैलाई बाँडेर खाने चलन छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *