Wednesday, July 15

पहिरोमा स्काभेटर पुरिँदा चालकको मृत्यु

नेपालअखबार, डाेल्पा। डोल्पाको त्रिपरासुन्दरी नगरपालिका– ३ स्थित जिउभन्ने स्थानमा एक  स्काभेटर पहिरोमा पुरिँदा चालकको मृत्यु भएको छ।

Advertisement

आज बिहान करिब ९ बजेतिर बाटो खनिरहेको अवस्थामा माथिबाट पहिरो आएर स्काभेटर पुरिएको सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए।

Advertisement
Advertisement

स्काभेटर पुरिँदा नेपालगञ्ज उपमहानगरपालिका १९ बाँके राझा मोहोनपुर निवासी करिब ३२ वर्षीय सुरज बसाल मगरको मृत्यु भएको उनले बताए।

Advertisement

प्रवक्त श्रेष्ठका अनुसार दुर्घटनाको खबर पाएलगत्तै डोल्पा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दीपक महत क्षेत्रीको टोली उक्त घटनास्थलमा पुगेको थियो ।   रासस