Monday, July 27

प्रचण्ड-बामदेव वार्ता: एउटै चुनाव चिन्ह र घोषणा पत्रमा चुनाव लड्न तयार

नेपालअखबार,  काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकता राष्ट्रिय अभियानका अधयक्ष बामदेब गौतमबीच भेटबार्ता भएको छ । आइतबार बहिान पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीको टोली सँग भेट गरेका माओवादी अध्यक्ष प्रचण्डले गौतम सँग भेटबार्ता गरेका हुन् ।  भट्टराई र यादव नेतृत्वको नेसपा तथा गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले आगामी मंसिर ४ को प्रतिनिधीसभा तथा प्रदेश सभा निर्वाचन नेकपा माओवादी केन्द्रको चुनाव चिह्नमा लड्ने तयारी गरीरहेको अवस्थामा माओवादी केन्द्र अध्यक्ष प्रचण्८ सँग भे६ गरेका हुन् ।

Advertisement

डा. बाबुरामसँग एउटै चिह्न, एउटै घोषणापत्रमा चुनाव लड्ने गरी  दुई पार्टीका बीचमा सहमति जुटिसकेको भए पनि यसलार्य औपचारीकता दिन भने बाँकी रहेको नेताहरुले बताएका छन् ।

Advertisement
Advertisement

निर्वाचन अगाडी नै समाजवादी केन्द्र बनाउने रणनीतिमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई देखि बामदेव गौतमसम्म छलफल गरेपनि निश्कर्षमा भने नपुगिसकेको कारण चुनावमा एउटै चुनावचिन्ह र एउटै घोषणापत्रमा चुनाव लड्नका लागि गृहकार्यमा जुटेका छन् । चुनाव पछि समाजवादी केन्द्र बनाउने गरी अन्य दलहरुलाई माओवादीकै  चुनाव चिन्ह्रमा चुनाव लडाउने गरी माओवादी अगाडी बढेको छ ।

Advertisement

यस विषयमा बाबुराम र बामदेवको पार्टीसँगको छलफल भने निक्कै अगाडी बढेको र यी दुई दल एउटै चुनाव चिन्हमा चुनाव लड्न तयार भए पनि औपचारीकता पाउन भने बाकी रहैको बाताृमा संलग्न एक नेताले बताए ।  बामदेवको नेतृत्वमा रहेको नेकपा एकता राष्ट्रिय अभियानको त केन्द्रीय समिति बैठकलाई नै प्रचण्डले टेलिफोनमा सम्बोधन गरेर टुक्रिएर नहुने र एकतामै बल हुने भएकोले समाजवादी केन्द्र निर्माणमा लाग्नुपर्ने बताएका थिए ।  प्रचण्डको यो कुरासँग गौतम भने सहमत भएका छन् ।

भोलि सम्म एउटै चिन्ह्र, एउटै घोषणापत्रमा चुनाव लड्ने गरी टुग्गो लगाएर निर्वाचन आयोगमा दल दर्ताका लागि जाने समझदारी जुटाउने प्रयास जारी रहेको माओवादीका एक प्रभावशाली नेताले बताएका छन् । गौतम सँगको यो छलफल पछि माओवादीले पार्टी स्थायी समिति बैठक बोलाएर यस वारेमा औपचारिक निर्णय लिएर पार्टी निर्वाचन आयोगमा दल दर्ताको तयारीमा जाने माओवादीले जनाउको छ  । दल दर्ताका लागि निर्वाचन आयोगले मंगलबार सम्मको समय दिएको छ ।