Sunday, July 26

बुटवलको होटलमा महिला र पुरूष मृत फेला

नेपालअखबार, बुटवल। बुटवलको एक होटलमा महिला र पुरूष मृत भेटिएका छन्।

Advertisement

तिनाउ पुलपारी फूलबारी चोकमा रहेको कारीकोट होटलको कोठामा सोमबार दुई जना मृत फेला परेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement

उनीहरू आइतबार राति होटलको कोठामा सँगै बसेका थिए। पुरूष झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।

Advertisement

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार पुरूषको घर धादिङ हो। करिब ३६ वर्षका सीताराम भुजेल मृत फेला परेका हुन्।

यस्तै होटलमा दाङकी करिब २५ वर्षकी युवती पनि मृत भेटिएकी छन्। उनको नाम पुष्पा भए पनि थर खुलेको छैन। युवती ओछ्यानमा मृत अवस्थामा फेला परेकी थिइन्। तन्ना र तौलियामा रगत लागेको देखिएको थियो।

शव पोस्टमर्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस