Monday, July 27

पोखराका पूर्व मेयर जिसी अस्पताल भर्ना

नेपालअखबार, पाेखरा । पोखरा महानगरपालिकाका पूर्व मेयर मानबहादुर जिसी अस्वस्थ भएपछि उपचारका लागि फेवा सिटी अस्पताल भर्ना भएका छन्।

Advertisement

सोमबार बेलुका अकस्मात् छातीमा समस्या देखिएपछि फेवा सिटी अस्पताल पुर्याइएका जिसीको हाल आइसीयु कक्षमा राखेर उपचार भैरहेको छ।

Advertisement
Advertisement

मुटुको समस्या भएको हुनसक्ने आशंका गरेर परिक्षण गरिएकोमा मुटुको समस्या नदेखिएको डा. बुद्धि बहादुर थापाले जानकारी दिए। तर पूर्व मेयर जिसीमा ग्यास्ट्रिक लगायतका अन्य समस्या देखिएकोले सोहीअनुसार उपचार भइरहेको डा. थापाले बताए । डा. थापाका अनुसार जिसीलाई आज साँझ नै डिस्चार्ज गर्ने सम्भावना रहेको छ ।

Advertisement

पूर्व मेयर जिसी अस्वस्थ भएको खबर पाए पछी अस्पतालमा भेट गर्न पुगेका पोखरा महानगरका वर्तमान मेयर धनराज आचार्यले पुर्व मेयर जिसी सामान्य बोल्न सक्ने अवस्थामा रहेको जानकारी दिए।