Saturday, July 18

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

नेपालअखबार, काठमाडाैं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बिहीबार अपरान्ह ४ बजे बस्ने भएको छ।

Advertisement

आज बिहान ८ बजेका लागि तय भएको बैठक सरेको हो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण बैठक सारिएको हो।

Advertisement
Advertisement

प्रचण्ड आज बिहान पार्टी केन्द्रीय कार्यालयमा रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी थिए। १० बजे सत्ता गठबन्धनको बैठकमा समेत सहभागी हुनुपर्ने भएपछि बैठक धकेलिएको हो। स्थायी कमिटी बैठकमा पदाधिकारी घोषणा गर्ने तयारी रहेको छ।

Advertisement