Wednesday, May 6

सामाजिक सांस्कृतिक अध्ययन मञ्चको सचिवालय गठन

नेपालअखबार, काठमाडौं ।   सामाजिक सांस्कृतिक अध्ययन मञ्चको काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरूको भेला सम्पन्न भएको छ ।   नेकपा ( एकीकृत  समाजवादी ) सम्वद्ध राष्ट्रिय जनसांस्कृतिक महासङ्घको घटक संगठन सामाजिक सांस्कृतिक अध्ययन मञ्चको बिहीबार सम्पन्न भेलाले मञ्चलाई थप प्रभावकारी र क्रियाशील गर्ने लगायतका निर्णयहरू गरेको छ ।
बैठकले मञ्चका संयोजक डा. बालचन्द्र मिश्र संयोजक भएको सचिवालय पनि गठन गरेको छ जसको सदस्यहरूमा विश्वेश्वर कट्टेल गोरखा ,लेखनाथ सिकारु पाँचथर , शित्तल गिरी  रौतहट हिरण्य कर्माचार्य भक्तपुर र स्मृति कर्माचार्य ललितपुर रहनु भएको छ ।
नेकपा ( एकीकृत समाजवादी ) का पोलिटब्युरो सदस्य तथा जनसांस्कृतिक महासंघ इन्चार्ज गोपाल वराल ,जनसांस्कृतिक महासङ्घका अध्यक्ष कृपाराम शर्मा धमला , जनसंगीत मञ्चका अध्यक्ष नवीन पौडेल लगायतको उपस्थिति थियो ।