नेपालअखबार, काठमाडौं । वन मन्त्रालय अन्तर्गतको वन निगम लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद पूर्तिका लागि आवेदन खुलेको छ ।
Advertisement
पदपूर्ति समितिले आज सूचना प्रकाशित गरी इच्छुक उम्मेदवारलाई १५ दिनभित्र मन्त्रालयको प्रशासन महाशाखामा आवेदन दिन भनेको छ ।
Advertisement
Advertisement
मान्यताप्राप्त विश्वविद्यालयबाट वन विज्ञान, प्राकृतिक स्रोत व्यवस्थापन, वातावरण विज्ञान, व्यवस्थापन, अर्थशास्त्र, समाजशास्त्र वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तिमा १० वर्षको अनुभव भएको व्यक्तिले आवेदन दिन सक्नेछन् । उम्मेदवार ३० वर्ष उमेर पूरा भएको र ६५ वर्ष ननाघेको हुनुपर्ने छ ।
Advertisement
इच्छुक उम्मेदवारले आवेदन दिंदा आफ्नो व्यवसायिक कार्ययोजना बढीमा १५ पेजमा हार्ड कपि र सफ्ट कपि छुट्टाछुट्टै पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।