Saturday, July 18

मुलुकको विकासका लागि समाजवादी क्रान्ति आवश्यक : पूर्वप्रधानमन्त्री खनाल

  • बुुटवल । नेकपा एकिकृत समाजवादीका सम्मानित नेता एंव पूूर्वप्रधानमन्त्री झलनाथ खनालले अब मुलुकका लागि समाजवादी क्रान्तिको आवश्यकता रहेको बताएका छन ।

नेकपा एकिकृत समाजवादी रुपन्देहीले सोमबार आयोजना गरेको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले मुलुकमा पूूँजीवादी क्रान्ति सम्पन्न भएकाले अब समाजवादी क्रान्तिका लागि तयार हुनुपर्ने बताएका हुन । उनले सामाजिक आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवादको बाटोमा जानका लागि कम्यूूनिष्ट र क्रान्तिकारी पार्टीको आवश्यकता हुने बताए ।

Advertisement

उनले दक्षिणपन्थी अवसरवाद हावी भएका कारण कम्यूूनिष्ट आन्दोलनमा भ्रम भएको भन्दै अबको कम्यूनिष्ट केन्द्र नेकपा एकिकृत समाजवादी हुने दावी गरे । उनले दक्षिणपन्थी अवसरबादको दलदलबाट मुुक्त भएपछि सच्चा कम्यूूनिष्टहरु एकताबद्ध हुने समेत बताए । ‘हामीले दक्षिणपन्थी अवसरवादसँग विद्रोह गरेर पार्टी पुुर्नगठन गरेका हौं, अन्य कम्यूूनिष्टहरुभन्दा हामी फरक छौं’ नेता खनालले भने(‘वास्तवमा हामीले नै अब क्रान्तिकारी कम्यूूनिष्टहरुलाई एकताबद्ध बनाउनेछौं ।’ उनले गुुल्मी, पाल्पा हुँदै रुपन्देही आउदासम्म नेकपा एकिकृत समाजवादीमा कम्यूूनिष्ट क्रान्तिकारीहरु एकताबद्ध हुनेक्रम बढ्दै गएको बताए ।‘

Advertisement
Advertisement

गुल्मीमा कार्यकर्ता भेलाले उत्साहीत बनाएको छ, पाल्पामा अशोक शाही, लक्ष्मी पाठक सहितका साथीहरु भर्खर हामीसँग समाहित हुुनुुभएको छ’ खनालले भने –‘एक वर्षको बिचमा विद्रोहबाट विस्तारित पार्टीमा आबद्ध हुनेहरुको संख्या बढदै गएको छ ।’ चुनावमा तालमेल गरेर अगाडि बढ्ने बताए ।

Advertisement

उनले अबको निर्वाचनबाट नेकपा एकिकृत समाजवादीले विद्रोहको औचित्य पुुष्टि गर्ने बताए । एमाले लगायतका पार्टी छाडेर नेकपा एसमा समाहित नेकपा एमाले रुपन्देहीको जिल्ला कमिटिमा सक्रिय नेता इन्द्रजित यादव नेकपा एकिकृत समाजवादीमा समाहित भएका छन । यादवको नेतृत्वमा समाजवादीमा समाहितहरुलाई नेकपा एकिकृत समाजवादीका सम्मानित नेता तथा पूूर्वप्रधानमन्त्री झलनाथ खनालले एक कार्यक्रमका विच स्वागत गरेका हुन ।

२०५० सालदेखि एमालेमा सक्रिय रहेका नेता यादवले असल कम्यूूनिष्ट पार्टीका रुपमा नेकपा ९एस० रोजेको बताए । त्यस्तै नेता खनालले सोमबारै रुपन्देहीका पूूराना नेता आनन्द प्रसाद गुुप्तालाई नेकपा एसमा स्वागत गरेका छन । गुुप्ता तत्तकालीन सद्भावना पार्टीको नेतृत्वमा रहेका थिए । गुप्ता पछिल्लो समय स्वतन्त्र रुपमा विभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल थिए । भिम अस्पताल भैरहवाका पूूर्व अध्यक्ष, कान्दु समाज लुम्बिनी प्रदेशका प्रमुख, नेपाल भारत मैत्री संघका पूर्व महासचिव, स्थानीय शान्ति समितिका पूूर्व संयोजकका रुपमा काम गरेका थिए ।

भैरहवा क्षेत्रमा परिचित नेता गुुप्ताले मधेशी समुदाय र नेपाललाई समुुन्नत बनाउनका लागि नेकपा एसको राजनीतिक ऐजेन्डाले आर्कषित गरेको बताए । उक्त अवसरमा नेकपा एकिकृत समाजवादी पार्टीका पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डे,केन्द्रीय सदस्य एंव प्रदेश अध्यक्ष राजुु गुुरुङ, केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज डा. बालकृष्ण चापागाई,केन्द्रीय सदस्यहरु सिद्धिचरण भट्टराई, भगवती घिमिरे लगायतका नेताहरुको उपस्थिती थियो ।कार्यकर्ता भेला जिल्ला अध्यक्ष अविराम विकको अध्यक्षता, सचिव सरिता श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।