Saturday, July 11

बन्दीपुरमा चितुवाको आक्रमणबाट बालक घाइते

नेपालअखबार, तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाँटारको तल्लोटारमा चितुवाको आक्रमणबाट एक बालक घाइते भएका छन्।

Advertisement

५ वर्षीय बालक सुलभ परियार चितुवाको आक्रमणबाट घाइते भएका हुन्।

Advertisement
Advertisement

घाइते बालकको डुम्रेस्थित मोती हेल्थ क्लिनिकमा सामान्य उपचारपश्चात् थप उपचारका लागि चितवन पठाइएको बन्दीपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले बताए।

Advertisement

केही महिनाअघि सोही वडामा एक बालकको चितुवाको आक्रमणबाट निधन भएको थियो भने दुई जना घाइते भएका थिए। रासस