Tuesday, August 4

भुजेलको नेतृत्वमा मालेपाटनका २१ जना युवाहरु एकीकृत समाजवादी पार्टीमा प्रवेश

नेपालअखबार, पोखरा । एकीकृत समाजवादी पार्टी पुनर्गठन भएको एक बर्ष पुरा भएको छ ।  पार्टी स्थापना सगैं केन्द्र र देशै भरि बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । यसै शिलशिलामा पोखरा महानगरपालिकामा पुनर्गठन दिवसको अवसर पारेर कार्यकर्ता भेटघाट एवं चियापान कार्यक्रम आयोजना गरिएको गण्डकी प्रदेश कमिटि सदस्य युवा नेता बिबेक भुजेलले जानकारी दिएका छन् ।

Advertisement

कार्यक्रममा स्थायी कमिटि सदस्य तुलवहादुर गुरुङले पार्टी पुनर्गठन भएको एक बर्ष शुभकामना ब्यक्त गरे । उनले निरन्तर कम्युनिष्ट आदर्शमा आधारित समाजवादी अभियानमा अगाडी बढिरहेको जनाए । पोखरा महानगरपालिका मेयर एवं पार्टी जिल्ला अध्यक्ष धनराज आर्चायले एक बर्षको अबधिमा पार्टीले जनताको चाहाना अनुसार मन जितेर काम गरेको बताएका छन् ।

Advertisement
Advertisement

No description available.

Advertisement

उनले भने युवाको त्यागले गर्दा नै गणतन्त्र, लोकतन्त्र, संबिधान निमार्ण भएको युवाहरुको शक्तिले नै कम्युनिष्ट आन्दोलनले नै सफलता प्राप्त भएको भए पनि निर्वाचित नेताहरुले सहि बाटो मार्फत काम गर्न नसक्दा भने जस्तो सुखि समृद्ध नेपाल निमार्ण हुन नसकेको बताए,अब भने एकीकृत समाजावादी पार्टीमा युवा प्रवेशको लहर नै चलेको हुदा सम्पुर्ण युवाहरु लाई एक भएर एकीकृत समाजावादी पार्टीमा आउन आग्रह गरेका छन् । त्यस्तै एकीकृत समाजवादीको नेतृत्वमा युवाहरुलाई नै लक्षित गरि थप योजनाहरु पनि ल्याउने तयारीमा रहेको र पार्टीमा पनि बिशेष जिम्मेवारी युवा नेतृत्वले नै लिनुपर्नेमा जोड दिएका छन् ।