Wednesday, August 5

हर्क साम्पाङको रुख रोप्ने अभियानमा सहभागी हुँदै प्रचण्ड

नेपालअखबार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धरानका मेयर हर्क साम्पाङले चलाएको वृक्षारोपण अभियानमा सहभागी हुने भएका छन् ।

Advertisement

शुक्रबार जनवादी गायक जेबी टुहुरेको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड धरान पुगेका हुन् ।  धरानका मेयर साम्पाङले हरेक शनिबार वृक्षारोपण कार्यक्रम राख्दै आएका छन् ।

Advertisement
Advertisement

‘यसपटक अध्यक्ष प्रचण्ड धरान आइपुग्नुभएकोले आजै शुक्रबार सर्दु जलाधार क्षेत्रमा हुन लागेको वृक्षाराेपण कार्यक्रममा उहाँ सहभागी हुँदैहुनुहुन्छ,’ धरानका उपमेयर आइन्द्रविक्रम बेघाले भने, ‘वृक्षारोपणको कार्यक्रम सकेर अध्यक्ष जेबी टुहुरे स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुनुहुनेछ ।’

Advertisement

एक साताअघि काठमाडौं आएका बेला मेयर साम्पाङले प्रचण्डलाई सर्दुखोलामा श्रमदान गर्न आउन निम्तो दिएका थिए । ‘आज प्रचण्ड सङ्ग भेट भयो मैले वहाँलाई सर्दु खोलामा श्रमदान गर्न आउने निम्तो दिएँ ! उहाँले हुन्छ भन्नु भो ! हेरौँ कहिले आउनु हुन्छ !,’ उनले सामाजिक सञ्जालमा लेखेका थिए ।