Monday, July 27

एमालेले बनायो ओलीको नेतृत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी

नेपालअखबार, काठमाडाैं । नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ४ सय ५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ।

Advertisement

एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीको आज बसेको बैठकले ३४ सदस्यीय केन्द्रीय सचिवालय समेत गठन गरेको छ। कमिटीको सचिवमा एमाले उपमहासचिव विष्णु रिमाल चयन भएको एमाले प्रचार प्रसार विभागका उपप्रमुख विष्णु रिजालले बताएका छन्।

Advertisement
Advertisement

आजको बैठकमा देशव्यापी निर्वाचन परिचालन कमिटी गठन गरेर निर्वाचनमा होमिने र विजय हासिल गर्ने अठोट लिनुपर्ने धारणा ओलीले राखेका थिए।

Advertisement