
नेपालअखबार, कर्णाली। कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको तिलागुफा नगरपालिका–५ धनाडामा पहिरो खसेका कारण सवारी साधन प्रभावित भएका छन् । पहिरोका कारण मुगु जुम्ला चल्ने सवारी साधन आइतबार बिहान सवा ८ बजदेखि प्रभावित भएका हुन् ।
बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । यस्तै म्याग्दीको रघुगंगा नगरपालिका–२ बैशरीमा पहिरो खसेका कारण बेनी जोमसोम सडक खण्ड अवरुद्ध भएको छ ।

