Monday, August 10

दाङमा नाचगान गरिरहेका बेला चट्याङ लागेर २ जनाको मृत्यु

नेपालअखबार, दाङ। चट्याङ लागेर दाङमा दुई जनाको मृत्यु भएको छ। १२ जना घाइते छन्।

Advertisement

घोराही उपमहानगरपालिका १२ गुर गाउँमा मंगलबार बेलुकी चट्याङ लागेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी वीरबहादुर वलीका अनुसार चट्याङ लागेर २ को मृत्यु र १२ जना घाइते भन्ने सूचना आए पनि मृतक र घाइतेको नाम खुल्न बाँकी रहेको बताए।

Advertisement

घटनाबारे आज बिहान मात्रै प्रहरीमा खबर आएको थियो।

डिएसपी राजन गौतमले आज बिहान वडाध्यक्ष दोर्णबहादुर बहकरी क्षेत्रीले घटनाबारे जानकारी दिएको बताए। घटनास्थलतर्फ प्रहरी पठाइएको र चार/पाँच घन्टा हिडेर घटनास्थलमा पुगिने पनि उनले बताए।

त्यस ठाउँमा फोन सम्पर्क पनि भइरहेको छैन।