Thursday, July 16

नदीमा बगिरहेको अवस्थामा वृद्धाको शव भेटियो

नेपालअखबार, कैलाली। कैलालीमा एक महिलाको शव फेला परेको छ।

Advertisement

बिहीबार बिहान भजनी नगरपालिका–३ कुसुमघाटस्थित मोहना नदीमा महिलाको शव फेला परेको हो।

Advertisement
Advertisement

कपाल फुलेकी वृद्ध महिलाको शव बगिरहेको अवस्थामा स्थानीयहरूले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

Advertisement

शव उठाएर परीक्षणका लागि टीकाुपर अस्पताल लगिएको प्रहरीले जनाएको छ। शवको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ।