Thursday, July 16

पोखराका ३२ निजी शौचालय सार्वजनिक प्रयोगलाई खुला

नेपालअखबार, पाेखरा । पोखरा महानगरपालिकाभित्रका ३२ वटा निजी शौचालय सार्वजनिक प्रयोगका लागि खुला गरिएको छ । पोखरा महानगरपालिका/ निजी साझेदारी योजनाअनुसार बिहीबारदेखि ३२ वटा शौचालय सार्वजनिक प्रयोगलाई खुला गरिएको हो ।

Advertisement

महानगरले ३ साउनमा व्यक्तिका निजी घर, बैंक, वित्तीय संस्था, होटल, रेष्टुरेण्टलगायतका व्यावसायिक, गैरव्यावसायिक वा पेशागत संस्था र कम्पनीले आफ्नो स्वामित्वमा रहेका शौचालय सर्वसाधारणलाई प्रयोग गर्न दिनका लागि इच्छुकहरूसँग निवेदन आह्वान गरेको थियो । त्यसमा ३२ वटा निजी संघसंस्थाले आफ्नो शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने गरी महानगरपालिकासँग समझदारी गरेका हुन् ।

Advertisement
Advertisement

पोखराका मेयर धनराज आचार्यले सार्वजनिक शौचालय नबन्दासम्म निजी शौचालय प्रयोग हुने बताए। `सबै वडा र महानगरका मुख्य क्षेत्रमा चालु आर्थिक वर्षमा शौचालय बन्छन् । कम्तीमा ३३ वटा शौचालय बनाउँछौँ,´ उनले भने ।

Advertisement

पोखराको मुख्य बजारका बैंक, राजमार्ग क्षेत्रका पेट्रोल पम्पलाई गरेर एक सय ठाउँमा निजी शौचालय सार्वजनिक प्रयोगमा ल्याउने लक्ष्य महानगरपालिकाको छ ।

कहाँ-कहाँ छन् निजी-सार्वजनिक शौचालय ?

स्याकर स्याकर टेडिङ, पोखरा रंगशाला
पिपलबोट खाजा घर, राष्ट्र बैंक
सिटिजन फर्निचर, न्यूरोड
पाल्पा भैरव फर्निचर, चाउथे
सिटी स्क्वायर, न्यूरोड
मिडटाउन ग्यालेरिया, सभागृह चोक
विवेक पेट्रोल पम्प, नयाँबजार
वडाध्यक्ष दीपेन्द्र मर्सानी, पोखरा ९
गण्डकी मोटर्स, पर्स्याङ
कमल गुरुङ, बगर
प्रभु गुरुङ, पृथ्वीचोक
बतास अर्गनाइजेसन, नयाँबजार
विशालबहादुर खड्का, पोखरा १
वडाध्यक्ष प्रकाश उदास, पोखरा ३
सूर्योदय युवा क्लब, नदिपुर
सागर कोइराला, पोखरा १२
दिपसागर होटल, न्यूरोड
चरक मेमोरियल हस्पिटल, नागढुङ्गा
होटल पिस प्लाजा, लेकसाइड
गण्डकी ट्रेडिङ सेन्टर, बिरौटा
पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था, पोखरा १०
चिप्लेढुङ्गा मिनी मार्केट, चिप्लेढुङ्गा
बास्तोला कम्प्लेक्स, पोखरा बसपार्क
हिमालयन गार्डेन मिनी मार्केट, पोखरा ४
अनुज बास्तोला (टीका भवन), महेन्द्रपुल
असिम बास्तोला, महेन्द्रपुल
दिपकलाल उदास, नदिपुर
बसन्तलाल कतिला, तेस्रापट्टि
वकिलमान तुलाधर उदास, पोखरा ३
बुद्ध गुभाजु, महेन्द्रपुल
धौलागिरी पोखरा मार्केट, पोखरा ४
सराङकोट सहकारी लिमिटेड, पोखरा ९