Monday, July 27

अध्यक्ष नेपालले भने गठबन्धनमा सबैको चित्त बुझ्ने गरि सिट बांडफांड हुनु पर्ने

नेपालअखबार, पाेखरा । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा धेरै सिट आफूले लिएर अरू दललाई उब्रिएको मात्र दिने प्रवृत्ति देखिएको बताएका छन्। पार्टीको  भ्रातृ संगठन नेपाल आदिवासी जनजाती महासंघ (समाजवादी) ले शुक्रवार पोखरामा आयोजना गरेको  कार्यक्रममा बोल्दै उनले सबै सिट आफूले लिएर उब्रिएको सिट मात्र आफूहरूलाई दिए त्यो मान्य नहुने बताए। यस्तो अहंकारले कांग्रेसलाई नै पनि फाइदा हुंदैन। यो कुरा कांग्रेसी नेताहरुले बुझ्न जरुरी छ, उनको भनाई थियो।

Advertisement

सत्ता गठवन्धन यत्तिकै हचुवाको भरमा नबनेको र यसले अराजक, स्वेच्छाचारी एवं प्रतिगमनकारी शक्तिलाई परास्त गरेर संविधानको रक्षा एवं सहि कार्यान्वयन गर्न बनेको  अध्यक्ष नेपालको भनाई थियो।यो गठबन्धन चुनाव सम्म मात्र होइन धेरै लामो समयसम्म टिकाउन सबै पक्ष सचेत हुन जरुरी छ।त्यसका निम्ति चुनावमा सबैको उचित सहभागिता हुने गरि सिट बांडफांड हुनु पर्दछ भन्दै नेपालले आफ्नो पार्टी एक्लै चुनावमा जान पनि तयार रहेको बताएका थिए।उनले त्यसको निम्ति तयार रहन पनि कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए।उक्त कार्यक्रमको अध्यक्षता नेकपा एस कास्की जिल्ला कमिटी उप सचिब एवं महासंघ कास्कीका इन्चार्ज डि बि राईले गर्नुभएको थियो भने नेकपा एसका स्थायी कमिटी सदस्यहरु तुल बहादुर गुरुङ, शारदा सुबेदी, रामजी शर्मा, पोलिट्ब्युरो सदस्य श्रीनाथ बराल, केन्द्रीय सदस्य एवं पोखराका मेयर धनराज आचार्य,  महासंघका महासचिब चन्द्र तामाङ लगायतले बोल्नुभएको थियो।

Advertisement
Advertisement

Advertisement