Wednesday, May 6

पर्यटन व्यवसायी पहारी कास्की ३ बाट प्रतिनिधिसभामा सिफारिस

पोखरा ।  नेकपा (एकीकृत समाजवादी) का गण्डकी प्रदेश सदस्य, पोखराका अग्रज पर्यटन व्यवसायी नवराज पहारी कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार सिफारिस भएका छन् ।

गण्डकी प्रदेश पर्यटन विभाग प्रमुख समेत रहेका पहारी हालै सम्पन्न पार्टीको क्षेत्रीय निर्वाचन कमिटीको बैठकबाट सिफारिसमा परेका हुन् ।

Advertisement

नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशका स्थापनाकालिन सदस्य रहेका पहारी सामाजिक क्षेत्रमा सक्रिय रूपमा लाग्दै आएका छन् । पार्टी राजनीति सँगै उनी विभिन्न व्यावसायिक तथा सामाजिक संघसंस्थामा क्रियाशील रहेका छन् ।

२०४० साल देखि बिधार्थीकालमा अनेरास्ववियु पाचौं बाट राजनिति शुरू गर्नु भएका पाहारी पन्चायतकालमा पटक पटक जेलनेल परी सार्वजनिक मुदा र राजकाज मुदा खेप्नुभएको थियो  ।