Saturday, July 25

लिज ट्रस बन्ने भइन् बेलायतकी नयाँ प्रधानमन्त्री

नेपालअखबार, एजेन्सि। कन्जरभेटिभ्स पार्टीकी नेता लिज ट्रस बेलायतकी नयाँ प्रधानमन्त्री बन्ने भएकी छन्।

Advertisement

अहिले विदेश मन्त्री रहेकी ट्रसले कन्जरभेटिभ्स पार्टीको नेतृत्वका लागि भएको चुनावमा जित हात पारेसँगै उनी बेलायतकी नयाँ प्रधानमन्त्री बन्ने भएकी हुन्।

Advertisement
Advertisement

बिबिसीका अनुसार सोमबार दिउँसो चुनावी नतिजा सार्वजनिक भएको हो। नतिजामा भारतीय मूलका अर्का प्रतिष्पर्धी ऋषि सुनक पराजित भएका हुन्। ट्रसले ८१ हजार ३२६ मत पाएकी थिइन् भने सुनकले ६० हजार ३९९ मत पाएका थिए।

Advertisement

बेलायतको तल्लो संसदमा कन्जरभेटिभ्स पार्टीको एकल बहुमत छ। संसदमा बहुमत भएकाले कन्जरभेटिभ्स पार्टीका नेता नै प्रधानमन्त्री बन्ने छन्।

यो जितसँगै ४७ वर्षीया ट्रस प्रधानमन्त्री बन्ने तेस्रो बेलायती महिला बनेकी छन्। यसअघि मार्गेट थ्याचर र थेरेसा मे बेलायतका प्रधानमन्त्री बनेका थिए।

आफ्नै क्याबिनेटका मन्त्रीहरूले धमाधम राजीनामा दिएपछि नैतिक संकटमा परेका तत्कालीन प्रधानमन्त्री बोरिस जोन्सनले गत असारमा पदबाट राजीनामा दिएका थिए।

जोन्सनको सरकार ढल्नुअघि सबैभन्दा पहिला राजीनामा तत्कालीन अर्थमन्त्री सुनकले दिएका थिए।