Saturday, July 25

डोटीको दिपायलमा अब नियमित जहाँज सञ्चालन हुन्छ : पूर्वमन्त्री आले

बिमल विष्ट, डोटी । निर्वतमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले डोटीको दिपायलमा नियमित जहाँज सञ्चालन हुने बताउनु भएको छ । आज सोमबार डोटीको दिपायल विमानस्थलको ट्रमिनल भवनको शिलान्यास गर्नु हुँदै निर्वतमान मन्त्री आलेले दिपायलमा नियमित जहाँज सञ्चालनका लागि आवश्यक पर्ने सबै प्रकृया पुरा गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “जहाँज नआउँदा लामो समयदेखि बन्द अवस्थामा रहेको विमानस्थलमा मैले पर्यटनमन्त्री हुँदा हप्तामा दुई पटक भएपनि जहाँज सञ्चालन गराउन सफल भएको छु, अब नियमित जहाँज सञ्चालन गराउँछु ।”

Advertisement

यसैगरी निर्वमान मन्त्री आलेले दिपायल विमानस्थलमा नियमित विमान सञ्चालन भए यहाँका बडिमालिका, खप्तड, बडिकेदार, रामारोसन लगायतका पर्यटकिय तथा धार्मिक क्षेत्रहरुमा पर्यटकको आवागमनमा सहज हुने तथा यहाँका पहाडी जिल्लाहरुको आयस्तरमा बृद्धि विकास हुने समेत बताउनुभयो । उहाँले थप भन्नुभयो, “डोटी सहितका यहाँका पहाडी जिल्लाको विकास गर्नलाई भएपनि दिपायलमा नियमित जहाँज सञ्चालन हुन आवश्यक छ, मेरै पहलमा म दिपायलमा अब नियमित जहाँज चलाउछु ।”

Advertisement
Advertisement

Advertisement

सोही कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै निर्वतमान मन्त्री आलेले सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा रहेका विमानस्थलहरुको स्तरोन्नती सहित नियमित जहाँज सञ्चालन गरी यहाँका नागरिकलाई राजधानीसँग सिधा हवाँइ सम्पर्कमा जोड्ने आफ्नो लक्ष रहेकाले सोही लक्ष अनुसार आफु लागि परेको बताउनुभयो । यसैगरी उहाँले कैलालीको धनगढी स्थित गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थल निर्माण गर्नका लागि आफुले बजेट विनियोजन गराएको र उक्त विमानस्थल क्षेत्रीय स्तरको विमानस्थल निर्माणका लागि हाल आवश्यक संरचना निर्माण सहितका कामहरु सुरु भएको जानकारी दिनुभयो ।

डोटी सहित समग्र सुदूरपश्चिमको विकासका लागि आफु अहोरात्र खटिइ रहेको र अबका दिन पनि यहाँको विकास तथा विस्तारका लागि सधै खटिइ रहने उहाँले प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । यसैगरी उहाँले तोकिएकै समयमा काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन समेत दिनु भएको छ । दिपायल विमानस्थलको ट्रमिनल भवनको निमार्णका लागि निर्वतमान मन्त्री आलेले आफु पर्यटन मन्त्री भएका बेला पाँच करोड नौ लाख रकम बजेट विनियोजन गर्नु भएको थियो । कम्तिमा पनि १८ महिना भित्र काम सम्पन्न गर्ने गरी सोमबार उक्त ट्रमिनल भवनको निमार्ण कार्यको शिलान्यास गरीएको हो ।