Friday, April 24

पहिरो खसेपछि बुटवल–पाल्पा सडक अवरुद्ध

नेपालअखबार,बुटवल । पहिरो खसेपछि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक अवरुद्ध भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबामा मंगलबार बिहान पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

Advertisement

ठूलो ढुंगोसहितका खसेको पहिरो हटाइ सडक खुलाउन डोजर प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले बताए ।