
नेपालअखबार, काठमाडौं । नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन ( समाजवादी ) को संगठन विस्तार ,व्यापक सदस्यता वितरण तथा संगठन सुदृढीकरण अभियान जारी छ ।
सङ्गठनले सञ्चालन गर्दै आएको दुई महिने संगठन विस्तार , सदस्यता वितरण तथा संगठन सुदृढीकरण अभियान अन्तर्गत लुम्बिनी प्रदेशको प्रथम सम्मेलन भदौ २५ गते बुटवलमा सम्पन्न गर्ने भएको छ । भने भदौ २७ गते कर्णाली र सुदुर पश्चिम प्रदेश तथा जिल्ला कमिटी गठन कार्यक्रम वीरेन्द्र नगरमा हुने कार्यक्रम तय गरिएको छ ।
यस्तै सुदुर पश्चिम प्रदेश र जिल्ला कमिटी गठन कार्यक्रम भदौ २९ गते पार्टीको प्रदेश कार्यालय धनगढीमा हुने भएको नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन ( समाजवादी ) का केन्द्रीय अध्यक्ष धनबहादुर कार्कीले बताउनु भयो ।
नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन ( समाजवादी ) को सचिवाय द्वारा दिएको जिम्मेवारीलाई सोही अनुसार भूगोल मा पुग्न हुन मातहतका सबै निकायहरूलाई प्रदेश अन्तर्गत पर्ने सम्पूर्ण जिल्लाको जिम्मेवारी बहन गर्ने इन्चार्जहरूले आ आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्न सचिवालयले अनुरोध गरेको छ । कार्यक्रममा नेकपा ( एकीकृत समाजवादी ) का शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
साउन १० वाट असोज ९ सम्म सञ्चालन भइरहेको उक्त अभियान अन्तर्गत हाल सम्म २३ वटा जिल्ला ५ वटा प्रदेश १६ वटा नगर कमिटी गठन भएको बताईएको छ ।

