Tuesday, July 28

राष्ट्रपतिबाट खानेपानीसम्बन्धी विधेयक जारी

नेपालअखबार, काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले खानेपानीसम्बन्धी विधेयक प्रमाणीकरण गरेकी छन्।

Advertisement

सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई उक्त विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइएको थियो।

Advertisement
Advertisement

खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रपतिले मंगलबार प्रमाणीकरण गरेकी हुन्।

Advertisement

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम सो विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।