
नेपालअखबार, पोखरा । नेकपा (एकीकृत समाजवादी) कास्की जिल्ला सचिवालय सदस्य वडा नं. १९,का ईन्चाज भीमा कुमारी पौडेल प्रदेश सभा सदस्य निर्वाचनका लागि कास्कि क्षेत्र न. ३ (क)को समानुपातिक तर्फ बाट उम्मेदवारमा सिफारिस हुनुभएको छ ।
जनप्रिय टोल बिकास संस्थाको अध्यक्ष, पोखरा महानगरपालिका वडा नं. ७ मा रहेको ढांड आमा समुहको सचिव रहनु भएको पौडेल महिला मानवअधिकार रक्षक संजाल कास्कीको कोषाध्यक्ष तथा विभिन्न बालबालिकाको क्षेत्रमा लामो समय काम गर्नुभएको छ ।
नेपाल रेडक्रस सोसाईटीको आजिवन सदस्य, स्वास्थ्य क्षेत्रमा काम गर्दै आउनुभएको पौडेल लाईन्स क्लब अफ पोखरा फिस्टेल सिटीको सह सचिव र पोखरामा रहेका विभिन्न सहकारी संस्थाहरूमा समेत आवद्ध हुनुहुन्छ उहाँ सामाजिक दिगो बिकास संस्था कास्कीको कोषाध्यक्ष, मितेरी अस्पतालको व्यावस्थापन समितिको सदस्य तथा मेट लाईफ ईन्सुरेन्स कम्पनीमा युनिट को पदमा काम गर्नुहुन्छ । उहाँले भोलीका दिनमा महिलाको अधिकार तथा सडक बालबालिकाको क्षेत्रमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

