Sunday, May 31

अदालतबाट भागेका विश्वकर्मा पक्राउ

नेपालअखबार, दाङ। दाङ जिल्ला अदालतको दुई तला माथिबाट हाम फालेर भागेका लक्ष्मण विश्वकर्मा पक्राउ परेका छन्।

घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुरको एक ब्यक्तिको घरमा सुनका गरगहना र नगद चोरी गरेको अभियोमगा पक्राउ परेका घोराही–१७ का २२ वर्षीय विश्वकर्मा बिहीबार पाँच बजेतिर जिल्ला अदालतको दुई तलामाथिबाट भुइमा हाम फालेर भागेका थिए।

Advertisement

उनी भागेको लगभग २४ घन्टाको अवधिका घोराही–लमही सडक खण्डको जंगल बीचको एक घरबाट शुक्रबार राति उनलाई पक्राउ गर्न प्रहरी सफल भएको जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुुर वलीले बताए।

‘अदालतमा म्याद थप्न लगेको समयमा शौचालयबाट भागेका विश्वकर्मालाई हामीले एक दिन भित्रै पक्राउ गर्न सफल भएका छौं,’ एसपी वलीले भने ‘ उनलाई घोराही–लमही सडक खण्डमा पर्ने एक घरबाट पक्राउ गरिएको हो ।’ घटनाबारे शनिवार थप जानकारी दिने एसपी वलीले बताए।