Friday, April 24

निर्वाचन क्षेत्र रणनितिक सडकको माधव नेपालद्वारा शिलान्यास

नेपालअखबार, काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माननीय माधव कुमार नेपालले आज शंखरापुर नगरपालिकाको साँखुमा आयोजित एक कार्यक्रममा काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं २ को रणनितिक सडकको शिलान्यास गर्नुभएको छ।

देशभरका १६५ वडा निर्वाचन क्षेत्रमा बन्ने सडकमध्ये काठमाडौं २मा यो सडक बन्न लागेको हो। २० करोड लगानीमा बन्न लागेको सो सडकको निर्माण कार्य आजबाट शुरु भएको हो। काठमाडौंको साँखुदेखी शंखरापुर नगरपालिका वडा नं २ को पटापसम्म २ अर्व लागतमा डिपिआर गरिएको सो सडकको पहिलो चरणको ठेक्काबाट करिव ४ किलोमीटर सडक कालोपत्र हुनेछ।सो सडकले शंखरापुर नगरपालिकाका वडा नं ७,८, ४ र २ छुनेछन।

Advertisement

कमलजित निर्माण कम्पनीले निर्माणको जिम्मा पाएको यो सडक असफाल्ट र डिबिएम प्रबिधिको कालोपत्रे हुनेछन्।सो कार्यक्रममा संबिधानसभा सदस्य दिपक प्रसाद कुँइकेल बागमती प्रदेशसभा सदस्य माननीय मणिराम फुँयाल,शंखरापुर नगर प्रमुख रमेश नापित,उपप्रमुख समिता श्रेष्ठको उपस्थिति थियो।

त्यसैगरी सो अवसरमा शंखरापुर नगरका निवर्तमान प्रमुख सुबर्ण श्रेष्ठ,विभिन्न वडाका अध्यक्षहरु,विभिन्न राजनितिक दलका प्रतिनिधि तथा अन्य महानुभावहरुको उपस्थिति थियो।सो कार्यक्रम शंखरापुर नगरपालिका वडा नं ८ का अध्यक्ष पोते थिङको सभापतित्वमा भएको थियो।