Monday, July 27

डेंगी नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने

नेपालअखबार, काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगी रोग नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

Advertisement

डेंगीको संक्रमण बढदै गएपछि मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै स्थानीय तह परिचालन गरेर डेंगी नियन्त्रण गर्न अभियान चलाउने निर्णय गरेको हो।

Advertisement
Advertisement

स्वास्थ्य मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहलाई लामखुट्टेको फूल पार्ने ठाउँ ‘खोजौं र नष्ट गरौं’ राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको मन्त्रालयका स्वास्थ्य समन्वय महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटाले जानकारी दिए।

Advertisement

उनका अनुसार प्रत्येक स्थानीय तहले ‘प्रत्येक शनिबार बिहान १० बजे १० मिनेट’ छुटाएर घरभित्र र बाहिर लामखुट्टेले फूल पार्ने ठाउँहरू ‘खोजौं र नष्ट गरौं’ भन्ने नारासहित राष्ट्रिय अभियान सञ्चालन गर्ने छन्।

अभियान सफल बनाउनका लागि स्थानीय जनप्रतिनिधि, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, शिक्षक, पत्रकार संघ संस्था परिचालन गरी वडामा हरेक घरधुरीमा अभियान सञ्चालन गर्ने छन्।

सबै स्वास्थ्य संस्थाबाट डेंगीका बिरामीको विवरण स्थानीय तहमार्फत इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखालाई पनि पठाउन निर्देशन दिइएको छ। अहिलेसम्म नेपालमा सात हजार पाँच सयभन्दा बढी डेंगीका बिरामी फेला परेका छन्। रासस