Sunday, July 26

थाइल्यान्डमा सैनिकले चलाए सहकर्मीहरूमाथि गोली, दुईको मृत्यु

नेपालअखबार, एजेन्सि। थाइल्यान्डमा सैनिकले गोली चलाएर आफ्ना दुई जना साथीको हत्या गरेका छन्।

Advertisement

बुधबार बैंककस्थित रोयल थाइ आर्मी वार कलेजका ५९ वर्षीय सार्जेन्ट मेजर योङयुथ मुङकोर्नकिमले आफ्ना तीन सहकर्मी साथीमाथि गोली चलाएका हुन्।

Advertisement
Advertisement

गोली लागेर दुई जनाको मृत्यु भएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ। एक जना सैनिक घाइते छन्। घटना स्थानीय समयअनुसार बुधबार बिहान ८:४५ मा भएको हो।

Advertisement

घटनापछि योङयुथ फरार भएका थिए। करिब १० बजे भने उनले आत्मसमर्पण गरेको सेनाले जनाएको छ।

‘मृतक परिवारप्रति समवेदना प्रकट गर्दछौं। यस घटनाले दुबै परिवार र संगठनलाई ठूलो क्षति पुर्‍याएको छ। यस्तो घटना अपेक्षित थिएन,’ सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

थाइल्यान्डमा सामूहिक गोलीबारीका घटना विरलै हुन्छन्। यद्यपि गत वर्षमा मात्रै दुई वटा घटना भएका छन्।