Sunday, July 26

एकीकृत समाजवादी निकट समाजवादी सहकारी संगठन गठनको राष्ट्रिय समिति गठन

नेपालअखबार, काठमाडौँ  । नेकपा ( एकीकृत समाजवादी ) को निकट सहकारी संगठन समाजवादी सहकारी संगठन नेपाल घोषणा भएको छ । बिहीबार काठमाण्डौमा भएको घोषणा कार्यक्रम नवराज अर्यालको अध्यक्षतामा ७३ सदस्यीय केन्द्रीय समिति घोषणा भएको हो ।

Advertisement

नवगठित समितिका उपाध्यक्षहरूमा केशव दंगाल, बटुक कृष्ण थापा, एम प्रसाद जोशी, बिरबहादुर भोटे ,टीपी अधिकारी , विरेन्द्र यादव, धरणीधर अधिकारी रहनु भएको छ भने समितिको महासचिवमा देवराज न्यौपाने सचिवहरू हरी शर्मा सुदर्शन मिश्र ,किरण मोक्तान ,टापबहादुर श्रेष्ठ र राधा कडरिया  हरनु भएको छ ।

Advertisement
Advertisement

296001963_1168586677064476_1007299390098872068_n1663150426.jpg

Advertisement

कार्यक्रममा नवगठित समितिलाई सपथ ग्रहण गराउँदै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नवगठित समाजवादी सहकारी संगठनका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिनुहुँदै सहकारी अभियानले जनजिविकाका सवालहरुलाइ सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा केन्द्रीय प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले नवगठित विभागकाका सदस्यहरूको नाम सार्वजनिक गर्दै पार्टीको जनसङ्गठनको रुपमा स्थापना भएको सहकारी सङ्गठनले जनअपेक्षित र लक्षित वर्गको क्षेत्रमा काम गर्नुपर्ने बताउनु भयो ।