Thursday, July 16

बेलायती महारानी एलिजावेथ द्वितीयको आज अन्त्येष्टि हुँदै

नेपालअखबार, एजेन्सि। दिवंगत बेलायती महारानी एलिजावेथ द्वितीयको आज अन्त्येष्टि हुँदैछ। स्थानीय समय अनुसार ११ बजे अन्त्येष्टि हुने बीबीसीले जनाएको छ। उनको अन्त्येष्टि वेस्टमिनिस्टर अब्बेमा हुनेछ।

Advertisement

उनीप्रति अन्तिम श्रद्धाञ्जली अपर्ण गर्न विश्वभरबाट पाँच सय प्रतिनिधि उपस्थित हुनेछन्। नेपालबाट परराष्ट्र मन्त्री कार्यक्रममा सहभागी भएका छन्।

Advertisement
Advertisement

उनको निधन १० दिनअघि भएको थियो। एलिजावेथ द्वितीय ७० वर्ष बेलायतको महारानी भएकी थिइन्।

Advertisement