Saturday, July 11

देशभरि अहिले डेंगीको प्रकोप बढ्दै

नेपालअखबार, काठमाडाैं । देशभरि अहिले डेंगीको प्रकोप बढेको छ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनयता २५ हजार ५ सय ४३ जनामा डेंगीको संक्रमण देखिएको छ।

Advertisement
Advertisement

तीमध्ये ३२ जनाले ज्यान गुमाएका छन्।

Advertisement

मन्त्रालयका अनुसार सबैभन्दा धेरै डेंगी सक्रमण बागमती प्रदेशमा देखिएको छ। बागमती प्रदेशमा मात्रै १९ हजार ९ सय १० (कूल संक्रमितको झन्डै ७८ प्रतिशत) जनामा संक्रमण देखिएको छ।

बागमतीपछि लुम्बिनी प्रदेशमा डेंगीका संक्रमित धेरै छन्। लुम्बिनीमा २ हजार ८ सय ८७ जनामा संक्रमण देखिएको छ। अरू प्रदेशमा भने संक्रमितको संख्या एक हजारभन्दा कम छ।

घरमा रहेका डेंगी बिरामीले के खाने/ के नखाने? 

अहिले धेरैजसो डेंगीका बिरामी घरमै छन्। यस्तो अवस्थामा के-के कुरा खाने, कस्ता औषधि सेवन गर्ने भन्ने धेरैलाई अलमल हुन्छ।

कतिपयले सामाजिक सञ्जालमा लेखिएका विभिन्न औषधि सेवन गर्दा उल्टो त्यसले बिरामीको स्वास्थ्यमा समस्या आएको चिकित्सकहरू बताउँछन्।

टेकु अस्पतालका डाक्टर शेरबहादुर पुनले बिरामीहरूले अरूको लहलहैमा विभिन्न औषधि सेवन गर्दा त्यसले रक्तस्रावलगायत अन्य समस्या देखिएको बताए। कतिपयले त ‘प्लेट्लेट्स’ बढ्छ भनेर मेवाको पात पनि खाने गरेको सुनाउँदै डा. पुनले त्यसमा कुनै सत्यता नभएको बताए।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिले देशभर २४ हजार बढी मानिसलाई डेंगी संक्रमण भएको छ भने २९ जनाको मृत्यु भइसकेको छ। तर अहिले तथ्यांकमा भन्दा धेरै डेंगी संक्रमितहरू देशैभरी छन् र उनीहरू सबै आ-आफ्नै घरमा स्वास्थ्य लाभ गरिरहेको बताइएको छ।

यस्तो अवस्थामा घरमा रहेका डेंगीका बिरामीलाई के गर्ने, के नगर्ने भन्ने दुविधा हुनसक्छ।