Saturday, July 11

मुटुरोगीको ज्यान बचाउन निर्वतमान मन्त्री आलेद्धारा आर्थिक सहयोग

विमल विष्ट , काठमाडौँ ।  निर्वतमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लामो समयदेखि मुटुरोगको समस्याबाट पीडित बन्नु भएकी डोटीको आर्दश गाउँपालिका–५ बस्ने गोरे सिलालकी ७ वर्षीया छोरी पवित्रा सिलालको उपचारका लागि आज आर्थिक सहयोग प्रदान गर्नु भएको छ ।

Advertisement

डेङ्गी तथा निमोनिया रोगले काठमाडौँको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा आफ्नो उपचार गराइ रहनु भएका निर्वतमान मन्त्री आलेले मुटुरोग पीडित निज बालिका तथा उहाँका आफन्तलाई अस्पतालमै बोलाएर आर्थिक सहयोग प्रदान गर्नु भएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो ।

Advertisement
Advertisement

बिसं २०७८ सालदेखि मुटुरोगले पीडित बनेकी निज बालिकाको उपचारमा समस्या भएको जानकारी पाएपछि निर्वतमान मन्त्री आलेले केही महिना पहिले रु १५ हजार तथा आज रु २० हजार गरी कुल रु ३५ हजार आर्थिक सहयोग प्रदान गर्नु भएको मुटुरोग पीडित बालिकाका बुवा गोरे सिलालले बताउनुभयो । उहाँले भन्नुभयो, “मुटुरोगको समस्याले छोरीको उपचारमा समस्या भएको थियो, पूर्व मन्त्री ज्यूले हामीलाई उपचारका लागि आर्थिक सहयोग गर्नु भएको छ, हामी सरै खुशी छौँ, उक्त सहयोगले मेरो छोरीको उपचारका केही हद सम्म भएपनि सहज हुने छ ।”

Advertisement

आफु विरामी भएर अस्पताल भर्ना भएपनि छोरीको उपचारका लागि आर्थिक सहयोग गरेकोमा खुशी जनाउँदै गोरे सिलालले सामाजिक सञ्जाल मार्फत पूर्व मन्त्री आलेलाई धन्यवाद समेत व्यक्त गरेका छन् । निर्वतमान मन्त्री आलेले डोटी सहित समग्र सुदूरपश्चिमका नागरिकहरु विरामी पर्दा आर्थिक सहयोग दिँदै आउनु भएकाले त्यहाँका नागरिकहरु विरामी पर्दा पूर्वमन्त्री आलेकै घरमा धाउने गरेका छन् । निर्वमान मन्त्री आलेले हाल सम्म हजारौँ विरामीहरुलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरी सक्नु भएको उहाँको सचिवालयले जनाएको छ ।