Saturday, July 25

अमेरिकाको फ्लोरिडामा शक्तिशाली तुफान

नेपालअखबार,एजेन्सि । अमेरिकाको फ्लोरिडा राज्यस्थित दक्षिण–पश्चिमी तटमा शक्तिशाली तुफान इयानको प्रकोप देखिएको छ।

Advertisement

इयानको कारण भारी वर्षा र बाढी आएको छ। अमेरिकामा पछिल्लो एक दशकमा पहिलो पटक यति शक्तिशाली तुफान आएको बिबीसीले जनाएको छ।

Advertisement
Advertisement

बुधबार आएको यो तुफानलाई तीव्रताको आधारमा पाँचौं श्रेणीमा राखिएको छ र यसमा प्रतिघण्टा २५० किलोमिटरको गतिमा हावा चलिरहेको छ।

Advertisement

तुफानको कारण असर पर्न सक्ने घरहरू खाली गर्न आदेश दिइएको छ। लाखौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। प्रभावित क्षेत्रको विद्युत आपूर्ति बन्द भएको छ। करिब १८ लाख मानिसको विद्युत आपूर्ति रोकिएको छ।

फ्लोरिडाका गभर्नर रन डिसेनटिसले बुधबार यो निकै खराब दिन भएको भन्दै मानिसहरुलाई प्रार्थना गर्न आग्रह गरेका छन्।

अन्तर्राष्ट्रिय हरिकेन रिसर्च सेन्टरका एसोसिएट डायरेक्टर एरिक सालनाका अनुसार अहिले नै तुफानको क्षतिबारे कल्पना गर्न कठिन छ।

इतिहास हेर्ने हो भने हावाको कारण आउने पानीबाट धेरैको मृत्यु हुने गरेको छ।

फ्लोरिडाको पूरै पश्चिमी क्षेत्रमा तुफान तीव्र हुन सक्ने चेतावनी दिइएको छ। तुफानको कारण अमेरिकाको आन्तरिक र बाह्य गरी चार हजारभन्दा धेरै उडान रद्द गरिएको छ।