Tuesday, September 22

आसपास चङ्गा उडाउन प्रतिवन्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

नेपालअखबार,काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चङ्गा उडाउन प्रतिवन्ध लगाएको छ।

Advertisement

वायुयानको उडान तथा अवतरणको समयमा विमानस्थ्ल आसपास चङ्गा उडाउँदा उडान सुरक्षामा गम्भीर असर पर्ने भन्दै प्राधिकरणले चङ्गा उडाउन प्रतिवन्ध लगाएको हो।

Advertisement
Advertisement

‘यस्तो कार्यबाट विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने सक्ने भएको हुँदा यस किसिमको गतिविधि एवम् क्रियाकलाप नगर्न–नगराउन सम्बन्धित सबैमा अनुरोध गरिन्छ,’ प्राधिकरणले भनेको छ। सूचनाको अवज्ञा वा अटेर गरी चङ्गा उडाएमा प्रचलित कानुन अनुसार कारबाही गरिने प्राधिकरणको चेतावनी छ।

Advertisement