Saturday, July 11

डेंगुले फस्टायो नरिवलपानी, किवी, अम्बा र मेवाको व्यापार

नेपालअखबार, काठमाडौं । काठमाडौं उपत्यकामा डेंगुको प्रकोप बढेसँगै शक्तिबर्धक फलफूलको बिक्रीमा उछाल आएको व्यापारीहरुले बताएका छन् । नेपाल फलफूलथोक व्यवसायी संघकाअनुसार बजारमा पहिले भन्दा अहिले नरिवल, किवी, अम्बा र मेवाको व्यापारमा उछाल नै आएको छ ।

Advertisement

संघका अध्यक्ष अमर बानियाँले नेपाली उत्पादनले नपुगेर भारतको कर्नाटकदेखि ठूलो मात्रामा नरिवलपानी भित्रिइरहेको बताए । नेपालको झापा लगायतका जिल्लामा फलेको उत्पामदन सकिएका कारण भारतबाट आयात बढेको उनले बताए । यस्तै दोस्रो ठूलो कारोबार किवीमा छ ।

Advertisement
Advertisement

डेंगुका बिरामीले खानका लागि बजारमा किवीको माग बढ्दा बजारमा अहिले दक्षिण अफ्रिका र थाइल्याण्डदेखि किवी भित्रिन थालेको छ ।

Advertisement

‘पहिले दैनिक पाँच सय पिस पनि नआउने नरिवल पानी अहिले दैनिक २५ हजार किलो पुगेको छ,’ बानियाँले भने,‘यो हाम्रो व्यापार इतिहासकै धेरै हो ।’

बजारमा अम्बा भने नेपाली उत्पादनले धानेको बानियाँले बताए । मेवा भने भारतबाट भित्रिएको छ । बजारमा माग बढेसँगै बिक्री बाहेक अन्य फलफूलको मूल्य भने नबढेको संघले जनाएको छ ।
अहिले होलसेल बजारमा नरिवलपानी प्रतिगोटा १२० देखि १३० रुपैयाँ औसत छ । यस्तै मेवा प्रतिकिलो ९० देखि १२० र किवीको मूल्य ३५० देखि ७ सय रुपैयाँसम्म छ । अम्बाको प्रतिकिलो मूल्य १०० सय रुपैयाँदेखि १२० रुपैयाँ तोकिएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार अहिले बजारमा यी वस्तुको माग पहिले भन्दा अधिक बढेको छ । माग बढेसँगै व्यवसायीहरुको प्रतिष्पर्धाका कारण मूल्यमा भने खासै वृद्धि नभएको श्रेष्ठले बताए ।

के भन्छन् चिकित्सक ?

खासमा डेंगुको कुनै उपचार नै छैन । डेंगुका बिरामीले चिकित्सकीय सल्लाहअनुसार निगरानीमा बस्नु पर्ने हुन्छ ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन डेंगु रोगका बिरामीलाई झोलिलो वस्तु, फलफूलको रसहरु खाना सुझाव दिने गरिएका कारण पनि उनीहरुले ती फलफूल खाने गरेको हुन सक्ने बताउँछन् ।

उनी भन्छन्, ‘ डेंगु लाग्दा रगतमा पानीको मात्रा कम भई रक्तचाप कम हुन्छ । शरीरमा प्लेटलेटको सङ्ख्या पनि कम हुन जान्छ । जसले शरीरका लागि आवश्यक पर्ने तत्वहरुको कमी हुन जान्छ । ती तत्वहरु परिपूर्ति गर्न ताजा मौसमी फलफूल, फलफूलको रस खानु उपयुक्त हुन्छ ।’ तर नामै किटेर ती फलफूल खाना सुझाव भने नदिएको उनी बताउँछन् ।