Monday, April 20

देशभर थपिए ६३ जना कोरोना संक्रमित

नेपालअखबार, काठमाडाैं । पछिल्लो २४ घन्टामा देशभर ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ६३ जनामा संक्रमण पुष्टि भएको हो।

Advertisement

२ हजार ५३५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

९४१ जनाको पिसिआर र एक हजार ५९४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १ हजार ४ सय जना सक्रिय संक्रमित छन्।

१०३ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।