Saturday, July 18

कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यमा गठबन्धनका साझा उमेदवार अर्थ मन्त्री बराल

नेपालअखबार, पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यमा गठबन्धनका साझा उमेदवार गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले उमेदवारी दिने भएका छन्। नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य समेत रहेका गठबन्धनका साझा उमेदवार मन्त्री बरालले आज निर्वाचन कार्यालयमा आफ्नो उमेदवारी दर्ता गराउने भएका हुन् ।

Advertisement

जनयुद्धका असल योद्धाको रुपमा परिचित भएका मन्त्री बराल गण्डकी प्रदेश सभामा अघिल्लो ५ बर्ष अघि कास्की निर्वाचन क्षेत्र नम्बर ३ क बाट निर्वाचित भएसंगै करिब डेढ बर्ष अघि अर्थ मन्त्रीको जिम्मेवारी सम्हाल्दै आउनु आउनु भएको हो ।

Advertisement
Advertisement

Advertisement