Sunday, July 26

युक्रेनको पक्षमा नेपालको मतदान

नेपालअखबार, एजेन्सि। संयुक्त राष्ट्रसंघको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रूसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भत्सर्ना गर्दै खेद प्रस्ताव पारित गरेका छन्।

Advertisement

नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको छ।

Advertisement
Advertisement

बुधबार भएको मतदानमा १ सय ४३ देशले पक्षमा र पाँच देशले विपक्षमा मतदान गरेका छन्।  चीन र भारतसहित ३५ देश मतदानको समयमा अनुपस्थित रहेका थिए।

Advertisement

उक्त प्रस्तावमा भनिएको छ,– ‘रूसले गरेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाभित्र तथाकिथत रूपमा गरिएको जनमत सङ्ग्रहको निन्दा गर्दछौँ। साथै संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र र संगठनले युक्रेनको सीमा परिवर्तनलाई मान्यता दिने छैन।’

उक्त प्रस्तावको रूसले तुरुन्त र बिना शर्त निर्णय फिर्ता लिनसमेत माग गरिएको छ।

गत साता क्रेमलिनमा एक भव्य समारोहबीच राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनी क्षेत्रहरू लुहान्स्क, डोनेस्क, जापोरिज्जिया र खेरसनलाई रूसको हिस्सा बनाउन कागजातहरूमा हस्ताक्षर गरेका थिए।

यसैबीच युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले युक्रेनलाई समर्थन गर्ने देशहरूप्रति आभारी रहेको बताएका छन्।

‘रूसको विलय गर्ने प्रयास बेकार छ र स्वतन्त्र राष्ट्रहरूले यसलाई कहिल्यै मान्यता दिनेछैनन्,’ उनले ट्वीट गर्दै भनेका छन्, ‘युक्रेनले आफ्ना सबै भूमि फिर्ता गर्नेछ।’

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि मतदानले मस्कोलाई स्पष्ट सन्देश दिएको बताएका छन्। ‘विश्वले जवाफमा स्पष्ट सन्देश पठाएको छ – रूसले नक्साबाट सार्वभौम राज्य मेटाउन सक्दैन,’ उनले भने।