Wednesday, July 29

पाल्पामा अरिङ्गाल पोल्ने क्रममा एक जनाको मृत्यु

नेपालअखबार, पाल्पा। पाल्पामा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर  एक जनाको मृत्यु भएको छ । जिल्लाको तिनाउँ गाउँपालिका २ हापुरेका ३० वर्षीय विष्णु सारुको मृत्यु भएको प्रहरीले जनाएको प्रहरीले जनाएको छ।

Advertisement

जिल्ला प्रहरी कार्यलय पाल्पाका अनुसार उक्त गाउँको तारे जंगलमा  सालको रुखमा रहेको अरिङ्गाल पोल्ने गएका सारु  रुखबाट खसेका थिए ।

Advertisement
Advertisement

रुखबाट खसेपछि गम्भीर घाइते भएका सारुको  प्रादेशिक अस्पताल बुटवलमा  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्रबहादुर थापाले बताए।

Advertisement