Monday, July 27

थप ५२ जनामा कोरोना संक्रमण

नेपालअखबार, काठमाडाैं । देशभर थप ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५२ जनामा संक्रमण पुष्टि भएको हो।

Advertisement
Advertisement

१७६३ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

Advertisement

७४५ जनाको पिसिआर गर्दा ४५ जना र १०१८ जनाको एन्टिजेन गर्दा ७ जनामा संक्रमण देखिएको हो।

योसँगै देशभर ६६७ जनामा सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा १६ जना संक्रमणबाट निको भएका छन्।