Friday, April 24

नवौं राष्ट्रिय : प्याराग्लाइडिङ दुर्घटनाहुँदाआर्मीका खेलाडीनिशिमको निधन

नेपाल अखबार, पोखरा । नवौं राष्ट्रिय खेलकुदप्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङ दुर्घटनाहुँदा खेलाडीनिशिमथापाको निधनभएको छ । आइतबार विहानउडानको केही समय पछि नै उनीदुर्घटनामा परेकाहुन् । पोखरामाजारी नवौं राष्ट्रिय खेलकुदप्रतियोगितामानेपाली सेनाबाट सहभागी २८ वर्षिय निशिमपोखरा सराङकोटबाटउडान भरेकाथिए । प्रतियोगिताअन्तर्गत पुरुषतर्फको क्रस कन्ट्रिको खेल जारी रहेको थियो । “उडान लगतै उनको प्याराग्लाइडिङ ‘कोल्याप्स’भयो,” एक प्रत्यक्षदर्शीले भने–“उनी सोझै पोखरा १८ सराङकोटस्थित एक निर्माणाधिनभवनमा खस्न पुगे । जहाँउनको निधनभयो ।”

लामो समय देखि पोखरामा रहेर प्याराग्लाइडिङमा सहभागिनिशिमपोखरा १० मा बस्छन् । उनको घर भने गोरखापालुङटार हो ।उनीप्याराग्लाइडिङ खेलाडीहरुको छाता संस्थाएफएआईकाकम्पिटिशनवरियताप्राप्त खेलाडी समेत हुन् ।

Advertisement

अहिले उनको शवपोखरा ८ सृजनाचोक स्थित मेट्रो अस्पतालमा रहेको छ । उनको निधन संगै आजहुने भनिएकाप्याराग्लाइडिङतर्फका सबै खेलहरु रद्ध भएको आयोजकले जनाएको छ ।