Saturday, July 18

अरिंगालको टोकाइले सल्यानमा आमा-छोरीको मृत्यु

नेपालअखबार, सल्यान। सल्यानमा अरिंगालको टोकाइबाट आमा-छोरीको मृत्यु भएको छ। अर्का एक जना बिरामी छन्।

Advertisement

शिद्धकुमाख गाउँपालिका १ हामपालकी २१ वर्षीया शोभा बस्नेत वुढाथोकी र उनकी ४ वर्षीया छोरी प्राप्ति वुढाथोकी र शोभाका अंकल २१ वर्षीय नवीन बस्नेतलाई सोमबार अपरान्ह साढे ५ बजेतिर अरिंगालले टोकेको थियो।

Advertisement
Advertisement

उनीहरू आफ्नै खेतमा धान काटेर घर फर्कंदै थिए।

Advertisement

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालका अनुसार बिरामी भएका सबैलाई उपचारका लागि श्रीनगरस्थित परोपरकार अस्पताल लगिएको थियो।

बिरामीमध्ये आमा-छोरीलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजतर्फ लैजाने क्रममा छोरीको जिल्लाकै त्रिवेणी गाउँपालिका ६ शंखुमलस्थित बाटोमै सोमबार बेलुका पौने ८ बजेतिर मृत्यु भएको थियो।

त्यस्तै शोभालाई बाँके कोहलपुर मेडिकल कलेजमा गए राति १ बजेतिर पुर्‍याइएकोमा केही बेरमै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ।

आमा छोरीको शव जिल्ला अस्पताल सल्यान खलंगामा पोष्टमार्टमका लागि राखिएको छ। अरिंगालको टोकाइबाट बिरामी भएका २१ बर्षीय नवीनको श्रीनगरस्थित परोकपकार अस्पतालमा उपचार जारी रहेको छ।