Wednesday, July 29

आगामी निर्वाचन अतिवादी ओली प्रवृत्तिका विरुद्ध हो – मन्त्री सोडारी

नेपालअखबार, चौमाला । प्रदेश सरकार गठन भएपछिको पाँच वर्षमा कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा सबैभन्दा बढी विकासे कार्यक्रम आएको सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री तथा प्रदेश सभा उम्मेदवार दीर्घबहादुर सोडारीले बताउनु भएको छ ।

Advertisement

गौरीगंगा नगरपालिका- ३, कुचैनीमा भएको चुनावी भेलामा बोल्दै मन्त्री सोडारीले समानुपातिक ढंगबाट निर्वाचन क्षेत्रमा करोडौँका बहु वर्षिय योजनाहरु सुचारु भइरहेको बताउनु भएको हो् । आफ्नो निर्वाचन क्षेत्रमा के कति योजनाहरु आएका छन्, ती बारे यहीँका जनतालाई छर्लङ्गै भएको बताउँदै उहाँले भन्नुभयो ,‘कति योजनाहरु निर्माण सम्पन्न भइसकेका छन् भने कति योजनाहरु ठेक्का प्रकृयामै छन् ।

Advertisement
Advertisement

’ चौमालाको पुरानो बजार जोड्न पक्की पुलदेखि ग्रामीण सडक कालोपत्रे जस्ता तमाम विकासे योजना निरन्तर अगाडि बढिरहेको उहाँले बताउनु भयो  । उहाँले भन्नुभयो ,‘मैले अघिल्लो निर्वाचनमा चुरे क्षेत्रका मतदातासँग मत माग्दै गर्दा अर्को निर्वाचनमा गाडी चढेरै आउने भनेको थिएँ, सोही अनुरुप चुरे र मोहन्यालका गाउँगाउँमा सडक सञ्जाल जोडिसकेको छ । यस निर्वाचनमा म ति दुर्गम गाउँमा गाडी लिएरै आउँदैछु ।’

Advertisement

चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री सोडारीले यो निर्वाचन अहिले अतिवादी केपी ओली प्रवृत्तिका विरुद्ध भएको बताउँदै भन्नुभयो ,‘हाम्रो लडाइँ भनेको ओली प्रवृत्तिका विरुद्ध हो ।

ओली प्रवृत्ति देशमा हावी भएमा प्रतिगमन बढ्ने खतरा भएकाले बाम-लोकतान्त्रिक गठबन्धन देशको रक्षार्थ एक ठाउँमा उभिएको हो ।’ ओलीले राष्ट्रपतिसँग मिलेर संविधानमाथि हमला गरेको बताउँदै उहाँले भन्नुभयो ,‘तत्कालीन नेपाल कम्युनिष्ट पार्टी विघटन गर्न तत्कालीन प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जवरासँग सेटिङ गरेर पार्टी अलग्याएका हुन् ।’